Sunday July 19, 2020 का दिन नवनिर्माण ईन्भेष्टमेन्ट प्रा.लि का १०१ जना संस्थापक सदस्यहरूको बिच पहिलो औपचारिक वैठक जुमको माघ्यमबाट (२० देशका ६८ जनाको सहभागीतामा) सहभागीहरूको बिच परिचय सहित सुझाव संकलन कार्यक्रम सम्पन्न भयो । स्व रत्न शमशेर थापा द्वारा रचित जाग लम्क चम्क हे नौ जवान हो
राष्ट्रीय गित बाट सुरूभएको उक्त कार्यक्रम धर्मराज खतिवडाले संचालन गर्नु भएको थियो भने डि.वी क्षेत्रीले सहभागीहरूलाई स्वागत मन्तव्य राख्नु भएको थियो। त्यस्तै कम्पनिको कानुनि प्रकृयाको बारेमा गोविन्द वेलवासेले प्रकाश पार्नु भएको थियो। कम्पनिको अवधारणाको बारेमा डा.गंगाराम दाहालले विज्ञ समूह द्ररा तयार पारिएको कार्यपत्रको संक्षिप्त प्रारूप प्रस्तुत गर्नु भएको थियो। कम्पनिको आज सम्मको आर्थिक प्रतिवेदन लोक दाहालज्यूले प्रष्ट पार्नु भएको थियो भने भवानी पन्तज्यूले १०१ जनालाई कसरी कति समूहमा विभाजन गर्ने भन्ने मोड्यालिटीको बारेमा योजना प्रस्ताव गर्नुभयो। कम्पनिले सुरू देखि हाल सम्म गरेका गतिविधि र भावि योजना “मिसन १०००” वारेमा सुरेन्द्र श्रेष्ठले जानकारी गराउनुभएको थियो।त्यसपछि सबै सहभागिहरूबाट परिचय सहित सुझाव संकलन गर्ने कार्य भएको थियो । सहभागीहरूबाट उठेको प्रश्नको प्रष्ट पार्ने कार्य पनि सुरेन्द्र श्रेष्ठबाट भएको थियो। अन्तमा सबै सहभागिहरूलाई धन्यवाद सहित बैठक अन्त्य भएको घोषणा नारायण कडेलबाट भएको थियो।
यसरी आजको कार्यक्रममा विभिन्न देशबाट सहभागी हुनुभएका संस्थाका संस्थापक विभिन्न विषयका विज्ञ व्यक्तिहरूको सुझावहरूलाई कम्पनिको सम्पतिको रूपमा लिदै कार्य योजना बनाउने समेत जानकारी गराईएको थियो।
उपस्थिति
१. सुरेन्द्र श्रेष्ठ
२. डि. वि क्षेत्री
३. गंगा भुषाल
४. धर्म खतिवडा
५. नारायण कडेल
६. लोक दाहाल
७. मेघराज सापकोटा
८. गोविन्द वेलवासे
९. जितेन्द्र रायमाझि
१०. डा. गंगाराम दाहाल
११. कृष्ण ढकाल
१२. भवानि पन्त
१३. कृष्ण खनाल
१४. गोविन्द भण्डारी
१५. गोकुल प्रसाद दंगाल
१६. हर्क थापा
१७. भरत नेपाल
१८. निराजन गिरी
१९. यादव देवकोटा
२०. तिलक मल्ल २१. डा. भुपाल मान श्रेष्ठ २२. वावुराम पौडेल
२३. मोहन पौडेल
२४. रामहरि पुडासैनि
२५. विशेश्वर रेग्मी
२६. कालिका के.सी
२७. श्यामहरि पाण्डे
२८. टिकाराम पौडेल
२९. उदय राज गौतम
३०. सजन के.सी
३१. रवि रमेश अधिकारी
३२. वावुराम विश्वकर्म
३३. हीरालाल वि.क
३४. सुब्वा वि.क
३५. टी एन शर्मा (टेकनाथ)
३६. शान्ति मोदि
३७. विशाल ढुंगाना
३८. काशि पौडेल
३९. डा.प्रेम बहादुर चन्द
४०. अरूण थापा मगर
४१. कृष्ण प्रसाद पौडेल
४२. कृष्ण हरी कडेल
४३. दुर्गा सुवेदी
४४. माथवर सिंह राउत
४५. सुरेश गौतम
४६. डा. मनिराज चौलागाँई
४७. सुश्मा भुषाल
४८. टिकाराम सुवेदी
४९. हरी पौडेल
५०. डा. भरत ढकाल
५१. मधुसागर पौडेल
५२. दुर्गा कडेल
५३. चित्र सुवेदी
५४. प्रदिप चौलागाई
५५. विनोद कुंईकेल
५६. टंक रेग्मी (महेश)
५७. लोक नाथ पौडेल
५८. नबीन निउरे
५९. शिबु थापा
६०. ईन्द्र राज पौडेल
६१) कपिल श्रेष्ठ
६३) विनोद कुँवर
६४) अन्जिता विष्ट
६५) रवि चन्द्र भट्टराई
६६) केशव ठकुरी
६७) रमेश भट्ट
६८) नर बहादुर थापा
६९) मोहन कुसारी
सहभागीका सुझावहरू निम्न अनुसार लिपिवद्ध गरीएको छ।
१.कम्पनिलाई ठिक ढंगले अगाडी बढाउनको लागी काम र जिम्मेवारीको वाडफाड गरी प्रवन्ध पत्र नियमावलि लि. कम्पनिको मर्म अनुसार विधि संम्वत ढंगले अगाडी बढ्ने।
२. क्वान्टिटि भन्दा क्वालिटीमा वढी ध्यान दिने।
३. जम्मा भएको पुजीबाट (याक्सनमा जाने) काम सुरू गर्ने र थप पुजीको लागी प्रकृया अगाडी बढाउने।
४. भावनालाई भन्दा व्यावसायलाई बढी प्राथमिकता दिने सेवामुखी कम र व्यावसायिक बढी वनाउने तिर ध्यान दिने।
५. विभिन्न विषयमा ज्ञान, सिप र क्षमताको आधारमा समुह विभाजन गर्ने। समुह विभाजन गर्दा भुगोललाई भन्दा ज्ञानलाई प्राथामिकता दिने
६. हाम्रो उदेश्य अनुरूप नेपालमा योजना संचाल गर्नु पर्ने हुदा नेपालमा के कसरी कोबाट कार्यक्रम संचालन गर्न सकिन्छ त्यसको स्पष्ट योजना बनाउनु पर्ने।
७. विदेशमा बसेर आर्जन गरेको सिप,ज्ञान र क्षमतालाई उपयोग गर्दै स्किल मेनपावरको लागी ट्रेनिंग तथा आवश्यक परिक्षण दिने-लिने र केही समय कम्पनिको लागी सम्भव हुनेहरूले भोलीन्टीयर गर्ने।
८. सामुहिक निर्णय र व्यक्तिगत जिम्मेवारी सबैले सधैको लागी, ईमान्दारीता र पारदर्शीताका साथ विधि र पद्धती अनुसार चल्ने चलाउने।
९. समूह वनाउदा नेपालको भुगोललाई पनि ध्यान दिनुपर्ने नेपालको ७ वटै प्रदेश र ७७जिल्लालाई हेरी कार्य योजना बनाउने।
१०. कम्पनि संचालन गर्नको लागी पुजीको वृद्धि गर्ने १०१ बाट १००० गर्दै अगाडी बढ्ने।
११. कम्पनिको दिर्घकालिन योजना बनाउन कृषि,जल विधुत,प्रविधि शिक्षा, उधोग निर्माण तथा पर्यटनलाई आधार बनाउनु पर्ने देखिन्छ।
१२. यति धेरै ज्ञान शिप र क्षमता सहित समान विचार वोकेका यो समुहलाई अव कुनै पनि वाहानामा असफल हुने छुट छैन। आईपर्ने चुनौतिलाई सामना गर्दै यो अवसरलाई कुशलता पूर्वक अगाडी वढाई यस कम्पनिको उदेश्यलाई गन्तव्य सम्म पुर्याउने हामी सबैको मुख्य कर्तव्य हुने छ।
धन्यवाद!
Narayan Kandel USA
आदरणीय मित्र हरू यस्मा उपस्थित भयरपनि नाम छुटेको भय ख़बर गर्नुहोल हामिनामहरू समाबेस गर्नेछौ। सबैको भावनालाइ समेटि बुदागत रूपमा सुझाव राखिएकोहो कसैको सुझाव समाबेश गर्न छुटभयको भय यसैमा राख्दै जानसकिनेछ। यस्लाइ पछि हामि दस्तावेज को रूपमा लिपिबद्ध गर्नेछौ र तपाईहरू को बिचमा छलफल मा पुन ल्याउनेछौ।
जीवन क्षेत्री
११) मा कम्पनीको दीर्घकालीन योजना अन्तर्गत ‘सहकारी’ पनि थप्दा हुन्छ।सहकारी संस्था मार्फत पुजी संकलन गर्न निकै सजिलो हुन्छ।
लोकनाथ पौडेल
साथी हरू नमस्कार मेरो बुजाई र अस्ती को मीतिंग मा धेरै साथी हरु सुजाब सुन्दा केही कुरा भन्न गय !यो हाम्रो अबीयान बारे मा यो मा ३ तय को साथी हुन्नुछ १ ) साथी हरु को साथ मा २)(सबै साथ यकै सात (३) आज लगानी भोलि फाईदा १)(लामो समय वअत गरिने २(). सबाई को साथ. ?????अनी आज लगानी भोलि फाइदा ✊🏻तेयो भने को farming हॊ please मेरो सुजाब फार्मीर भन्दा अरु के ही हुदा राम्रो हुदैन ! अनी अर्को कुरा किम्पनी i p o ma jana 51 karode ko puje charnchha
हिमाल भट्टराइ
नमस्कार सबै जनालाई ।
लगानि गरिने क्षेत्र तत्काल पहिचान गरि ,उक्त विधामा अनुभवि तथा दक्षहरुको छरितो समुह बनाएर अगाडि बढ्दा राम्रो हुन्छ ।