उदेश्य अनुसार हालसम्मका कार्य

हामीले नवनिर्माण ईन्भेस्टमेन्ट प्रा. लि. को उदेश्य अनुसार हालसम्म निम्न कार्यहरू सफलता पूर्वक सम्पन्न भएको जानकारी गराउँदैछौ। १. कम्पनिको प्रमुख उदेश्य संसारभर छरिएर रहेका ‘समृद्ध नेपाल विचार समूह’संग एकै ठाँउमा रहेका मित्रहरूलाई समन्यय गरी सानो उद्यमवाट सहयात्राको लागी एक आपसमा परिचित हुने र हामीबीच सामुहिक रूपमा नेपाल र नेपालीको लागी केही गरौ भन्ने भावना जुटाउने काम भएको छ। २. नेपालको लागी विदेशमा वसेर पनि केही योगदान गर्न सकिन्छ । विदेशमा वसेर सिकेका कामको सिप, पैसा, क्षमता र दक्षतालाई आफ्नो जन्म भूमिमा लगाउन प्ल्याटफर्म वनाउने भावनाको विकाश भएको छ। संसार भर छिरलिएर वसेका हामी सवैलाई एकै ठाँउमा ल्याउने प्रयास भएको छ। ३. नेपाल र नेपालीका लागी हामीहरूले विदेशमा वसेर पनि के गर्न सकिन्छ भनि त्यस अनरूप सम्भावना र चुनौतीको विषयमा, विदेशमा रहेका हाम्रा विशेषज्ञ साथीहरूसँग शेयर, छलफल गरी योजना बनाउने प्रारम्भिक चरणको काम सुरू भएको छ। ४. नेपाल सरकारको कानुन अनुसार कम्पनी दर्ता गर्ने(नेपालमा) कम्पनिको नाममा वैंक खाता खोलि १०१ जना अगुवा अभियन्ताहरूबाट रकम संकलन गरी खातामा जम्मा गर्ने काम सम्पन्न भएको छ । ५. संस्थामा सबै क्षेत्रबाट प्रतिनिधित्व हुने गरी यस कम्पनीको उदेश्य र कार्यलाई पारदर्शीता र कानुनी रूपमा कार्य सम्पन्न गर्नकालाई विभिन्न समितिहरूको गठन गरीएको छ र गर्ने काम जारी छ । हालसम्म गठन भएका समितिहरू क. संचालक समिती ख. विशेषज्ञ समिति ग. सल्लाहाकार समिति । यस कम्पनीको उदेश्य, हामीबीच भएका छलफललाई मुर्त रूप दिदै यस कार्यलाई सफलता पूर्वक अवतरण गरी यसको मुल उदेश्य ईमान्दारीता, पारदर्शिता र हामी १०१ जना मध्ये कसैमा पनि मनमुटाव नल्याउनको लागी र विषेश गरी कम्पनीका लागी के र कसरि योगदान गर्न सकिन्छ ? भन्ने कुरा हामी बीच निरन्तर छलफल र सहकार्यको आज भन्दा भोलिका दिनहरूमा आवश्यक पर्दछ । अब हाम्रो बीचमा सम्भावनाको साथसाथै थप चुनौती आएको कुरा सबैमा अवगत नै होला । सम्पूर्ण हामी १०१ ज़नामा धन्यवाद।

admin

Write a Reply or Comment